सोमबार, जेठ ७, २०८१

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

मेरोन्यूज २०८१ वैशाख २८ गते १२:०५

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

Advertisement

आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया