आइतबार, जेठ ६, २०८१

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ वैशाख २५ गते ८:४७

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

Advertisement

कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक आज बस्ने भएको हो ।

तीन वटै समितिको बैठक बिहान ११ बजे बस्नेछ । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि बफादार छलफल हुनेछ । शिक्षा समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै सरोकार समितिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया