सोमबार, वैशाख २४, २०८१

नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू

मेरोन्यूज २०८१ वैशाख १२ गते ११:५१

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू भएको छ ।

Advertisement

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय बैठक बसेको हो ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र कानुनमन्त्री पदम गिरी लगायत छन्।

होटेल सोल्टीमा बसेको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रतिक्रिया