सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८१ वैशाख १२ गते ११:४३
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया