सोमबार, वैशाख २४, २०८१

झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख १२ गते ८:५१

झापा ।  झापाकाे शिवसताक्षी–८ झिलझिलेमा आज (बुधबार) बिहान दुई सवारी आसपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ।

Advertisement

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । 

मृतकको सनाखत हुन बाँकी छ ।  

प्रतिक्रिया