बिहीबार, जेठ ३, २०८१

श्रीलंकामा रेसिङ कार दुर्घटना हुँदा ७ को मृत्यु, २० जना घाइते

मेरोन्यूज २०८१ वैशाख १० गते ८:०५

कोलम्बो। श्रीलंकामा भएको एक कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । 

Advertisement

मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

श्रीलंकामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ ।  सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया