बिहीबार, वैशाख २०, २०८१

गण्डकी प्रदेश सभा बैठक स्थगित

मेरोन्यूज २०८१ वैशाख ७ गते १६:५२

पोखरा। गण्डकी प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हाे ।

शुक्रबार बसेको प्रदेश अधिवेसनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए ।

शुक्रबार बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजकाे बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया