बिहीबार, वैशाख २०, २०८१

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश, ओमप्रकाश गुरुङ थुनामा

मेरोन्यूज २०८१ वैशाख ७ गते १५:२८

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले पुनसहित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको माग गरिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।

यस्तै अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश दिएको छ।

प्रतिक्रिया