बिहीबार, वैशाख २०, २०८१

युएईसँग हारेसँगै नेपालकाे एसिया कप खेल्ने सम्भावना समाप्त

मेरोन्यूज २०८१ वैशाख ७ गते १४:५७

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो ।

शुक्रबार भएकाे सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गर्‍याे ।

नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।

नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।

अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुने छ ।

प्रतिक्रिया