बिहीबार, वैशाख २०, २०८१

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मेरोन्यूज २०८१ वैशाख ७ गते १२:५०

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सिफारिस गरेको हो ।

समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया