बिहीबार, वैशाख २०, २०८१

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख जरीवाना

मेरोन्यूज २०८१ वैशाख ७ गते १०:२५

काठमाडौँ । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ ।

गएराती सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्ड्यालाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरी यो गल्ति दोहोराएमा उनलाई यस भन्दा ठुलो जरीवाना हुने बोर्डले जनाएको छ ।

यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।

प्रतिक्रिया