बिहीबार, वैशाख २०, २०८१

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री

मेरोन्यूज २०८१ वैशाख ७ गते ८:५५

काठमाडौँ । हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो ।

भेटमा विपिनको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।

सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए।

प्रतिक्रिया