बिहीबार, वैशाख २०, २०८१

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड

मेरोन्यूज २०८१ वैशाख ७ गते ८:४८

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ । याे गत आर्थिक वर्षको तुलनामा ७.२७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.३१ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ६ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा घटेर १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ, जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ७८ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब २९ अर्ब रहेको छ ।

बैंकको खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.४८ प्रतिशत थियो ।

प्रतिक्रिया