बुधबार, वैशाख १९, २०८१

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेकाे निर्णय

मेरोन्यूज २०८१ वैशाख ६ गते १८:४७

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी बिहीबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा, स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रतिक्रिया