बिहीबार, वैशाख २०, २०८१

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

मेरोन्यूज २०८१ वैशाख ६ गते १७:३२

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेका हु्न। उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ ।

युएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ । । दुतावासका अनुसार पुन भिजिट भिसामा युएई पुगेका थिए ।

प्रतिक्रिया