बिहीबार, वैशाख २०, २०८१

फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक (भिडियाे)

मेरोन्यूज २०८१ वैशाख ६ गते १७:२०

काठमाडौँ । अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको देख्न सकिन्छ ।

फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको छ । उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् । 

सुयोग गुरुङले लेखन तथा निर्देशन गरेकाे फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।

प्रतिक्रिया