शनिबार, जेठ ५, २०८१

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि…

मेरोन्यूज २०८० चैत २७ गते ८:३७

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन् । गएराती सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।

Advertisement

यस खेलको ८६औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।

तर रेफ्रीले रातो कार्ड दिदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । रोनाल्डोको यस्तो धेरै व्यवहारको आलोचना गरेका छन् ।

रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केहि खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।

तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केहि खेलको प्रतिबन्ध लाग्ने बताइएको छ ।

यस खेलमा अल हिलालले अल नासरलाई २-१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ ।
 

प्रतिक्रिया