शनिबार, जेठ ५, २०८१

उडिनेसमाथि इन्टर मिलानको सहज जित

मेरोन्यूज २०८० चैत २७ गते ७:५४

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसलाई पराजित गरेको छ ।

Advertisement

गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको इन्टर मिलानले खेलमा कमब्याक गर्दै २-१ ले जित हासिल गरेको हो ।

इन्टर मिलानको जितमा हाकन कल्हानोग्लु र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । त्यस्तै लाजार सामरडजीकले एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलानको सिरी ए मा ३१ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । इन्टर मिलान दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा १४ स्पष्ट अंकले अगाडी रहेको छ ।

त्यसैगरी उडिनेसको ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।
 

प्रतिक्रिया