शनिबार, जेठ ५, २०८१

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

मेरोन्यूज २०८० चैत २५ गते ९:२६

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ले पहिले फिल्डिङ गर्ने भएको छ । 

Advertisement

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर वुल्भ्सका कप्तान निल रकले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई पहिले फिल्डिङमा निम्त्याएका हुन् ।

तीन खेलमध्ये यसअघिका दुई खेलमा हार बेहोरेका कारण नेपाल आज जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ रनले र दोस्रो खेलमा ११४ पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । वुल्भ्स नेपाल ‘ए’ को दोस्रो प्रतिद्वन्दी हो । वुल्भ्सअघि नेपाल ‘ए’ ले क्यानडा–११ सँग पहिलो पटक क्रिकेट शृंखला खेलेको थियो ।

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया