शनिबार, जेठ ५, २०८१

आयरल्यान्डले नेपाल ए लाई दियो १७५ रनको लक्ष्य

मेरोन्यूज २०८० चैत २३ गते १२:४३

काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो ।

आयरल्यान्डका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया