शनिबार, जेठ ५, २०८१

राजेशपायल राईले सङबुङसँग गरे सम्बन्ध विच्छेद

मेरोन्यूज २०८० चैत २२ गते १७:५८

काठमाडौं । गायक राजेशपायल राईले पत्नी साङबुङसँग सम्बन्ध विच्छेद गरेका छन् ।

Advertisement

उनीहरुको चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको स्रोतले जनाएको छ ।

सम्बन्धविच्छेदका क्रममा अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन आदेश दिएको छ ।

राजेशपायलले नै साङ्बुङसँग सम्बन्धविच्छेदको मुद्दा हालेका थिए। उक्त मुद्दालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश पाण्डेको इजलासमा मिलापत्रसहित टुंग्याइएको हो।

केही वर्षदेखि राजेश र साङ्बुङ लिभइन टुगेदरमा बस्दै आएकी थिए। राजेशले साङ्बुङसँगको सम्बन्धबारे खुलाएका थिएनन्।

२०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो । यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् ।

प्रतिक्रिया