शनिबार, जेठ ५, २०८१

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

मेरोन्यूज २०८० चैत २२ गते ८:३१

काठमाडौँ । पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

Advertisement

पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ ।
 

प्रतिक्रिया