शनिबार, जेठ ५, २०८१

धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने

मेरोन्यूज २०८० चैत २१ गते २०:३७

धनगढी । धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने भएकाे छ। 

Advertisement

चैत २८ गतेदेखि ३० गतेसम्म ऐश्वर्य विद्यार्थी समाजकाे आयाेजनामा वडा नम्बर ५ अध्यक्ष दाेस्राे एएमसी फुटसल लिगकाे आयाेजना गरिएकाे हाे। 

प्रतियोगिताकाे प्रथम पुरस्कार ५१ हजार ट्रफि मेडल तथा प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद २५ हजार ट्रफि मेडल तथा प्रमाणपत्र र तृतीय पुरुस्कार नगद १५ हजार रहेकाे समाजका अध्यक्ष महेश राज जाेशीले बताए । 

यसैगरी उत्कृष्ट उत्कृष्ट खेलाडी, गोलरक्षक र राइजिङ खेलाडीलाई नगद तथा ट्रफि प्रदान गरिने पनि उनले बताएका छन्।  

टिम दर्ताका लागि ७ हजार लाग्ने टिम दर्ता गर्ने अन्तिम मिती  चैत २६ गते दिउसो ४ बजे सम्म मात्र रहेकाे आयाेजकले बताएकाे छ । प्रतियोगिता फल्याटल्यान्ड फुटसलमा चैत २८ गते बिहान ८ बजेदेखि सुरु हुने छ।

प्रतिक्रिया