शनिबार, जेठ ५, २०८१

आयरल्याण्ड ए १५७ रनमा अल आउट, कमलले लिए ४ विकेट

मेरोन्यूज २०८० चैत २१ गते १२:३८

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ । 

Advertisement

आजदेखि शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो । 

आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए । 

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए । 
    

प्रतिक्रिया