शनिबार, जेठ ५, २०८१

नेपाल ए ले टस हारेर आयरल्यान्ड ए विरुद्ध फिल्डिङ गर्दै

मेरोन्यूज २०८० चैत २१ गते ९:२७

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज हुदै छ ।

Advertisement

टियु मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपाल ए ले पहिला बलिङ गर्ने भएको छ ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो ।

आजको खेलमा नेपाल ए को प्लेइङ- ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भिम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन् ।  

प्रतिक्रिया