शनिबार, जेठ ५, २०८१

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

मेरोन्यूज २०८० चैत २० गते १६:२६

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ ।

Advertisement

मंगलबार भारतको वापीमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको हो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाए । कुशल मल्लले ४० र दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।  

प्रतिक्रिया