शनिबार, जेठ ५, २०८१

नेपाल र भारतीय बरोडा क्लवबीचको खेल आज 

मेरोन्यूज २०८० चैत २० गते ९:१८

काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिष्पर्धा गर्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।

Advertisement

पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ।

सोमबार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो। आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ।

एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया