शनिबार, वैशाख १५, २०८१

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?

मेरोन्यूज २०८० चैत १६ गते ११:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज एकै दिन तोलामा २ हजार एक सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २१ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया