शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

मेरोन्यूज २०८० चैत १५ गते १२:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका हुन् ।

बैठकमा संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा रहेको बताइएको छ ।

प्रधानमन्त्री दाहालले बिहीबार बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। उनीहरुबीच संवैधानिक परिषद् बैठकबारे कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया