शनिबार, वैशाख १५, २०८१

प्रेमी विष्णु सापकोटासँग वैशाखमा बिहे गर्दै एलिना

मेरोन्यूज २०८० चैत १२ गते १६:५०

काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

चौहानले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन्। विवाहको तयारीमा आफू जुटेको उनले बताएकी छन् ।

झापा स्थायी घर भएकी एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै रूचाइएकी गायिका हुन्।

यस्तै गीतकार समेत रहेका बागलुङ निवासी सापकोटा हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो ।

प्रतिक्रिया