आइतबार, जेठ ६, २०८१

कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पीएनजीलाई हराउँदै नेपाल फाइनलमा

मेरोन्यूज २०८० फागुन २९ गते १०:१४

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

Advertisement

मगंलबार (आज) बिहान भएको खेलमा नेपालले पीएनजीविरुद्ध ८५ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो। 

एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६‍.१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो।

नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए। कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए।

विवेक यादवले पनि एक विकेट हात पारे। जितसँगै नेपाल फाइनल पुगेको छ। अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजी कुनै समय ८९-४ को स्थितीमा थियो। तर लगातार तीन बलमा तीन विकेट गुमाएको पीएनजी संकटमा परेको थियो। शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।

प्रतिक्रिया