आइतबार, जेठ ६, २०८१

नेपालले लियो पपुवा न्युगिनीको दोस्रो विकेट

मेरोन्यूज २०८० फागुन २९ गते ९:१३

काठमाडौं। हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा पपुवा न्युगिनीको दुई विकेट गएको छ। पहिलो विकेट प्रतिश जीसीले लिए भने दोस्रो विकेट गुलशन झाले रन आउट गराए।

Advertisement

 प्रतिशले पीएनजीका टोनी उरालाई आउट गरे। ६ बलमा १३ रन बनाएका उरालाई प्रतिशले बोल्ड गरेका हुन्। उराले १ चौका र १ छक्का बनाए। सेसे बउलाई गुलशनले रन आउट गरे।

 टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।

यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन्।

प्रतिक्रिया