आइतबार, जेठ ६, २०८१

पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

मेरोन्यूज २०८० फागुन २९ गते ७:५३

काठमाडौं।  हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। उनले ३२ बल खेल्दै ५० रन पूरा गरेका हुन्।

Advertisement

१३ ओभर पूरा हुँदा नेपालले तेस्रो विकेट गुमाउँदै ९७ रन बनाएको छ। तेस्रो विकेटको रुपमा आरिफ शेख आउट भएका भए।

आरिफ जम्मा ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।

पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ। 

प्रतिक्रिया