आइतबार, जेठ ६, २०८१

वर्षाका कारण नेपाल र हङकङको खेल रद्द

मेरोन्यूज २०८० फागुन २७ गते १४:२६

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ ।

Advertisement

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसपछि पानीले खेल प्रभावित बनेको थियो । ५ औँ ओभरमा पनि पानीले खेल केही समय रोकिएको थियो ।

खेल रद्द भएसँगै आयोजक हङकङ र नेपालले अंक बाँडेका छन् ।

नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

प्रतिक्रिया