आइतबार, जेठ ६, २०८१

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङविरुद्ध खेल्दै नेपाल

मेरोन्यूज २०८० फागुन २७ गते ८:००

काठमाडौं । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।

Advertisement

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

त्यसअघि नेपालले हिजो हङकङसँग  मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 

फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया