आइतबार, जेठ ६, २०८१

बाबरको शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

मेरोन्यूज २०८० फागुन २६ गते १३:०८

काठमाडौं । मैत्रीपूर्ण खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो ।

हङकङका लागि बाबर हायतले सर्वाधिक ११० रन बनाए । अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भए ।

नेपालका आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग आज मैत्रीपूर्ण खेल खेलको हो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया