आइतबार, जेठ ६, २०८१

पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो

मेरोन्यूज २०८० फागुन २३ गते १०:०५

काठमाडौं । दुई पटकको ग्राण्डस्लाम च्याम्पियन सिमोना हालेपलाई डोपिङको आरोपमा चार वर्षको प्रतिबन्ध खेलकुद मध्यस्थता अदालतले ९ महिनामा घटाएको छ ।

Advertisement

यो निर्णयले रोमानियाका पूर्व विश्व नम्बर एक ३२ वर्षीय हालेप तुरुन्तै टेनिसमा फर्किन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यदि पुर्ववत निर्णय कायम भइरहेको खण्डमा उनको करियर समाप्त हुने डर थियो।

‘सामु राखिएका सबै प्रमाणहरू सावधानीपूर्वक विचार गरिसकेपछि कास प्यानलले हालेपले सम्भाव्यताको सन्तुलनमा स्थापित गरेको छ ।’

‘परिणामको रूपमा एमसिटी प्यानलले निर्धारण गर्‍यो कि हालेपले पनि सम्भाव्यताको सन्तुलनमा उनको एन्टी डोपिङ नियम उल्लङ्घनहरू जानाजानी थिएनन्।’ 

यद्यपि सीएएस प्यानलले एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा हालेपले आफ्नो उल्लङ्घनका लागि केही स्तरको गल्ती वा लापरवाही फेला पारे पनि उनले केटो एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा सावधानी नअपनाएको जनाएको छ । तर, उनको नियत भने नभएको उल्लेख गरेको छ ।

प्रतिक्रिया