आइतबार, जेठ ६, २०८१

फ्रान्स बन्यो गर्भपतनलाइ संबैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र

मेरोन्यूज २०८० फागुन २३ गते ८:२०

पेरिस। फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ ।

Advertisement

फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने बिपक्षमा २८ मत परेकाे छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुइ तिहाइ भन्दा बढी मत परेको छ । 

पेरिसको दक्षिणपश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ ।

सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई ‘अधिकार’ भन्न कडा भाषाको लागि आह्वान गरेका थिए।

सांसदहरूले यस कदमलाई फ्रान्सको लागि प्रजनन अधिकारमा समर्थनको स्पष्ट संकेत पठाउनको लागि इतिहास बनाउने तरिकाको रूपमा स्वागत गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अत्याधिक बहुमत मतदान पछि एफिल टावरमा ‘मेरो शरीर मेरो रोजाई’ उल्लेख गरिएर उत्सव मनाइएको थियो ।

प्रधानमन्त्री गेब्रियल एटलले मतदान अघि भनेका थिए कि विगतमा गैरकानूनी गर्भपतन सहन बाध्य पारिएका महिलाहरूप्रति सांसदहरूको ‘नैतिक ऋण’ थियो।

‘सबैभन्दा पहिला हामी सबै महिलाहरूलाई सन्देश पठाउँदैछौं, तपाईको शरीर तपाईको हो,’ संसोधन पछि अटलले भने।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले शुक्रबार अन्तर्राष्ट्रिय महिला अधिकार दिवसमा संशोधन पारित भएकोमा औपचारिक समारोह आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया