शनिबार, जेठ ५, २०८१

हिउँले अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

मेरोन्यूज २०८० फागुन २२ गते १८:५०

काठमाडौं । मनाङमा हिउँले अवरुद्ध भएकाे सडक सशस्त्र प्रहरी बलले खुलाउने कार्य गरिरहेको छ ।

Advertisement

जिल्लाको ङिस्याङ गाउँपालिका १ स्थित पिसाङ र ढुकुरपोखरीको बीचमा पर्ने खाङ्सार चामे सडकखण्ड हिजो सोमबार गएकाे हिउँपहिरोले अबरुद्ध भएपछि सशस्त्र प्रहरी बलले खुलाउने कार्य गरिरहेको हाे ।

हिउँपहिरोले सडक अबरुद्ध भएको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङको सुरक्षा फौजले २ वटा स्काभेटरको सहयोगले अबरुद्ध सडककाे हिउँ पन्छ्याइ खुलाउने कार्य भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया