आइतबार, जेठ ६, २०८१

त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला

नेपालले टस जित्यो, नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने 

मेरोन्यूज २०८० फागुन २२ गते ११:२१

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गरे । पाहुना टिमलाई फिल्डिङमा बोलाए ।

Advertisement

फाइनलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । यसअघिका दुई भेटमा नेपाल र नेदरल्यान्ड्सले समान एक जित निकालेका छन् ।

तालिकामा नेदरल्यान्ड्स शीर्ष, नेपाल दोस्रोमा रहँदै फाइनलमा स्थान बनाएका थिए । नामिबिया पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतिक्रिया