आइतबार, जेठ ६, २०८१

झापा गोल्डकपमा एपीएफको विजयी सुरुआत

मेरोन्यूज २०८० फागुन २० गते ७:३२

विराटनगर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले छैटौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

Advertisement

शनिबार प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले संकटा फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्‍यो । जितसँगै एफीएफले क्वार्टरफाइनलको यात्रा तय गर्‍यो ।

एपीएफका दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरे । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए । मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।

निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नतिजाको टुंगो लगाइएको हो ।

खेलको ‘प्लेयर अफ दी म्याच’ एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित १० टिमको सहभागिता छ । विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया