आइतबार, जेठ ६, २०८१

नेदरल्यान्ड्स १२० रनमै अलआउट

मेरोन्यूज २०८० फागुन १९ गते १३:१०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्यान्ड्स १२० रनमा अलआउट भएको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रन बनाएर अलआउट भएकाे हाे।

नेदरल्यान्डलाई सस्तैमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए । यस्तै करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

नेदरल्यान्डका म्याक्स ओ डाउडले ३१ रन बनाए ।

यस्तै टिम भान डर गुग्टेन २४, स्कट एडवाड्र्स १८, तेजा निदामानुरु ५, नोआ क्रोस ३, माइकल लेभिट ४, भिभिएन किंग्मा ४, काइल क्लाइन १, आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शुन्य रनमा आउट भए । रोलफ भान डर मव २३ रनमा अविजित रहे ।

प्रतिक्रिया