आइतबार, जेठ ६, २०८१

करण केसीले पहिलो ओभरमै लिए नेदरल्याण्ड्सको २ विकेट

मेरोन्यूज २०८० फागुन १९ गते ११:४८

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्याण्ड्सले पहिलो ओभरमै २ विकेट गुमाएकाे छ ।

Advertisement

करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा नेदरल्याण्ड्सको विकेट लिएका हुन् ।

चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका करणले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।

यसअघिको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो ।

प्रतिक्रिया