शनिबार, जेठ ५, २०८१

काठमाडौंका यी स्थानमा आज ४ घन्टा बत्ती जाने

मेरोन्यूज २०८० फागुन १९ गते ९:१५

काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार आज हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

महाराजगन्ज वितरण केन्द्रे अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता , कुवर कोलनी , कृष्ण मन्दिर हुदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल, भंगाल, हात्तीगौडा, धापासी हाइट, मनकामना टोल क्षेत्रमा बिजुली काटिने छ।

त्यस्तै जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने नयापाटी, ब्रम्हखेल, इन्द्रायेनी, ब्रम्हखेल,साौखु जर्शिंग पौवा, नांगलेभरे गागलफेदी आलापोट, मुलपानी, बाबाचोक, तिवारी टोल, दक्षिणणढोका लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया