शनिबार, जेठ ५, २०८१

मध्यपुर थिमि नगरपालिकाले माग्यो करार सेवामा कर्मचारी

मेरोन्यूज २०८० फागुन १८ गते ८:०८

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले शिक्षकमा दरखास्त आह्वान गरेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो । 

Advertisement

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन मागिएको हो । 

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया