आइतबार, जेठ ६, २०८१

अफगानमा कृषि क्षेत्रमा ३० करोड अमेरिकी डलर विनियोजन

मेरोन्यूज २०८० फागुन १३ गते २१:४६

युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २.२ अर्ब अफगानी (करिब ३० करोड अमेरिकी डलर) विनियोजन गरिएको छ । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले आइतबार यसबारे जनाएको छ।

Advertisement

कृषि, सिँचाइ तथा पशुपक्षी कार्यवाहक मन्त्री मौलवी अत्तउल्लाह ओमारीको अध्यक्षतामा बसेको बैठकले गरिब मुलुकमा कृषिको विकास गर्ने प्रयासस्वरुप उक्त निर्णय गरेको बताइएको छ ।

देशमा कृषि उत्पादनको प्रवद्र्धनका लागि किसान, पशुपालन र कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी स्वामित्वको वित्तीय संस्था कृषि विकास कोष (एडिएफ) को नवौं अधिवेशनले यस्तो निर्णय गरेको हो ।

सहायता एजेन्सीहरूका अनुसार अफगानिस्तानमा करिब १ करोड ६० लाख मानिसहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्।
अफगानिस्तानलाई वार्षिक ६.५ मिलियन टन गहुँ आवश्यक पर्ने र यस वर्ष अहिलेसम्म ५० लाख टन गहुँको उत्पादन भएको बताइएको छ ।

प्रतिक्रिया