सोमबार, वैशाख २४, २०८१

त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

मेरोन्यूज २०८० फागुन १३ गते २१:०८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

Advertisement

क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो ।

यो टोलीमा यसअघि क्यानाडाविरुद्ध खेलेका नेपाल ‘ए’ का सात खेलाडी समेटिएका छन्।

नेपाल ‘ए’ का कप्तान विनोद भण्डारी, प्रतिस जीसी, सन्दीप जोरा, विवेक यादव, रसिद खान, सागर ढकाल र अविनाश बोहोरा टी-२० खेल्ने राष्ट्रिय टोलीमा अटाएका छन्।

टी-२० को टोलीमा भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ समेटिएका छैनन्। 

टी–२० खेल्ने टोली

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

टी-२० सिरिजको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दै छ ।


       

प्रतिक्रिया