आइतबार, जेठ ६, २०८१

माल्टामा आप्रवासीको डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु

मेरोन्यूज २०८० फागुन १२ गते ९:५०

उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुङ्गा पल्टिँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

Advertisement

स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाए अनुसार उक्त डुङ्गामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ । आप्रवासीहरू अफ्ठेरोमा परेर सहयोगको याचना गरिरहेको देखिन्थे।

माल्टा गस्ती डुङ्गा जहाजमा सवारहरूलाई उद्धार गर्न पठाइएको तर तिनीहरूको जहाज माल्टा तटमा पल्टिएको सुरक्षा स्रोतले जनाएको छ । अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया