सोमबार, जेठ ७, २०८१

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगायो

मेरोन्यूज २०८० फागुन १२ गते ९:१९

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुस विरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्से नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्धहरू लगाइएको बताए । सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ।

ुयी प्रतिबन्धहरूले नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्कहरू र थुप्रै महाद्वीपहरूमा प्रतिबन्धहरू बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गर्ने, बाइडेनले उल्लेख गरेका छन् ।

रूसले फेब्रुअरी सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको थियो ।

प्रतिक्रिया