आइतबार, जेठ ६, २०८१

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

मेरोन्यूज २०८० फागुन ६ गते २०:०४

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

Advertisement

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

भण्डारी सञ्चारमन्त्री रेखा शर्माका आईटी विज्ञ हुन् । प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नै नियुक्त गर्न खनालमाथि राजीनामा गर्न दबाब दिएको आरोपसमेत लागेको थियो ।

प्रतिक्रिया